राप्ती बहिरा सङघलाई कम्मल हस्तान्तरण


अगर बत्ती

Dharana news    

access_time 12 Dec 2019

तुलसिपुर / घोराहि सिमेन्ट अन्तर्गत उत्पादन हुदै आएको सगरमाथा सिमेन्ट प्रालिले राप्ती बहिरा संघलाई कम्मल बितरण गरेको छ ।

बिहिवार एक कार्यक्रमका बिच संघले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएका साना साना बालबालिकालाई प्रयोग गर्न सजिलो होवस भन्ने उद्देश्यले बिगतका बर्षहरुझै यश बर्ष पनि करिब तीस हजार बराबरको ७० थान कम्मल हस्तान्तरण गरेको
हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यातायात ब्यबसायि राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले साना साना बालबालिकालाई सहयोग गर्न आफु तयार रहेको जनाउनुभयो । उहाले चाडपर्वमा घर जान आउन समस्या भएको गुनासो बिधार्धीहरुबाट आएपछि उहाले त्रिसिद्देश्वरि राप्ती यातायात प्रा.लि.ले सबै बालबालिकालाई घरसम्म लैजाने र होस्टेल आउने बातावरण निशुल्क रुपमा मिलाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा बोल्दै हमालले फरक क्षमता भएको बालबालिकालाई राज्यले हेर्ने र प्रदान गर्ने सेवालाई बृद्धि गर्नुपर्नेमा जोड
दिनुभयो ।

सो अवसरमा निर्देशक प्रतिमा शर्माले बालबालिकाले निकै कष्टकर जीवन बिताउन बाध्य भएको भन्दै सबैलाई सहयोग गर्न अपिल समेत गर्नुभएको । सो अवसरमा सगरमाथा सिमेन्टका अमर सुवेदी, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले बोल्नुभएको थियोे ।



Share Your Thoughts