-शरद रेग्मी
तुलसिपुर / तुलसिपुरमा रहेको सानिमा बैकले मगलबार एक कार्यक्रमका बिच तुलसिपुरमा रहेको टरिगाउ बिमानस्थलको परिसरमा सरसफाई गरेको छ ।
सामाजिक उत्तरदायी बहन गर्दै बैकले एयरपोर्टमा यात्रुहरुको चाप दिनानुदिन बढदै गएको सन्दर्भमा सरसफाइ लाई विशेष ध्यान दिनुपर्ने भन्दै
सरसफाइ कार्यक्रमको आयोजना गरेको जनाएको छ । बैकका प्रबन्धक योगेश मल्लको नेतृत्वमा सरसफाइ गर्न एयर्पोट पुगेको
टोलिले आठ थान डस्टबिन समेत नागरिक उडयन कार्यालय दाङ लाई हस्तान्तरण गरेको थियोे ।
सो अबसरमा नागरिक उडयन कार्यालय,प्रहरि,स्थानीय र सानिमा बैकका कर्मचारीहरुले सरसफाइ गरेका थिय ।
यता नागरिक उड्यन कार्यालय तुलसिपुर दाङका प्रमुख विशाल घिमिरेले एयरपोर्टमा प्लास्टिक निषेध गरेको जानकारी दिनुभयो।
उहाले भन्नुभयो 'हामिले एयर्पोटको सरसफाइमा नियमितरूपमा सञ्चालन गरिरहेका छौ यहाँ फोहोर गर्ने जो कोहिलाई पनि छुट छैन ।' यात्रा गर्नेक्रममा फोहोर नगर्न पनि सबैलाई अनुरोध गर्दछौं कार्यालय प्रमुख घिमिरेले भन्नुभयो ।