बोक्सोको आरोपमा मोसो र जुत्ताको माला !


अगर बत्ती

Dharana news    

access_time 09 Dec 2019

चितवन / चितवनमा बोक्सोको आरोपमा एक वडाध्यक्ष कुटिएका छन् । शनिबार चितवनको इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई जुत्ताको माला र मोसो लगाउँदै स्थानीयको समूहले कुटपिट गरेको हो ।

स्थानीय उत्तरकुमार गुरुङको समूहमा आएको समूहले प्रजालाई बोक्सोको आरोप लगाउँदै सो हर्कत गरेको हो । वडाध्यक्ष प्रजाका अनुसार उनलाई बोक्सोको आरोप लगाउँदै मानव मलमूत्र खुवाउन खोजे पनि प्रजाको प्रतिकारका असफल भएका थिए ।

घटनाको अन्य विवरण प्राप्त नभए पनि घटनामा संलग्न भएको भन्दै उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको बुझिएको छ ।



Share Your Thoughts