मुस्लिम महिलाले किन लगाउछन् बुर्का ? जान्नुहोस कारण :


अगर बत्ती

Dharana news    

access_time 06 Dec 2019

हरेक देशअनुसार धर्म, संस्कृति, भेषभुषा, रितिरिवाज फरक-फरक हुने गर्दछ  ।  विश्वमा धेरै प्रकारका धर्म छन् र धर्मसँग जोडिएका रितिरिवाज पनि अलग अलग छन् ।  धर्मको पालना गर्ने सबैले योसँग जोडिएको रितिरिवाज र नियमलाई पनि राम्ररी पालना गर्ने गर्छन् ।  अन्य धर्मका अलावा इस्लाम धर्मको नियम र परम्परा भने अलि फरक छ । यस धर्ममा महिलाहरुले बुर्का लगाउनु पर्ने मान्यता रहेको छ।  

मुस्लिम महिलाहरु आखिर किन बुर्का लगाउछन यसका बारेमा केहि जानकारी  :

इस्लाम धर्मको सबैभन्दा महत्वपुर्ण धार्मिक ग्रन्थ कुरान हो ।  इस्लाम धर्मको सम्पूर्ण रितिरिवाज यसै ग्रन्थमा आधारित रहेको छ ।  कुरानमा मुस्लिम धर्मको रितिरिवाज, रहनसहन, भेषभुषा, खानपान आदि नियमका बारेमा सम्पूर्ण जानकारी उल्लेख गरिएको छ। 

कुरानमा इस्लाम महिलाले कस्तो कपडा लगाउनु पर्छ ? भन्ने बारेमा पनि उल्लेख गरिएको छ ।  कुरानको अनुसार मुस्लिम महिलाले यस्तो कपडा लगाउनु आवश्यक छ जसको आँखा, अनुहार, हात, खुट्टा कुनै अन्जान पुरुषले नदेखोस यसै कारणले गर्दा मुस्लिम महिलाहरु आफ्नो शरीर ढाक्ने बुर्का लगाउने गर्छन।  उसो त आजभोलि  बुर्का लगाउने स्टाईल नै भएको छ ।



Share Your Thoughts