एम्बुलेन्स खरिद गर्नका लागि सांस्कृतिक तथा पर्यटन मेला



Dharana news    

access_time 30 Nov 2019

चितवन /  माडीमा सांस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ । आगामी मङ्सिर २० देखि २९ गतेसम्म माडी नगरपालिका–१ बरुवा बजारमा मेला आयोजना गर्न लागिएको हो ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको आयोजना, स्टार स्पोर्टस् क्लब बरुवा र स्वदेश एफएम माडीको सहआयोजनामा मेला हुन लागेको हो । मेलाका संयोजक एवम् थारू कल्याणकारिणीसभाका अध्यक्ष भीमप्रसाद महतोले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दैै एम्बुलेन्स खरिदका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

थारू कल्याणकारिणीसभा माडीले सञ्चालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले बाँदरझुलादेखि माडीका अन्य क्षेत्रमा सेवा पु¥याउने  जनाइएको छ ।  मेलामा माडीको पर्यटन एवम् संस्कृति झल्कने विभिन्न सामग्रीको प्रस्तुति, थारू, बोटे गाउँ एवम् परिकार प्रदर्शनी तथा माडी स्टार डान्स आइडल प्रतियोगिता सञ्चालन गरिने संयोजक महतोले जनाए ।  साथै मेलामा स्थानीय उत्पादन र सेवाको प्रवद्र्धन, बाल उद्यान, विभिन्न वित्तीय संस्था, अटो, रेष्टुरेन्ट, पर्यटनलगायत गरी करिब १५० कक्ष रहने छन् । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति रहनेछ । थारू समुदायको बाहुल्य रहेको माडीमा थारू कलाकारलाई पनि विशेष प्राथमिकता दिइएको छ ।



Share Your Thoughts