नगरपालिकाको कार्यालय गेटमा शंकास्पद बस्तु फेला



Dharana news    

access_time 29 Nov 2019

सिराहा– सिराहाको धनगढीमाई नगरपालिकाको कार्यालय गेटमा शंकास्पद बस्तु भेटिएको छ । शुक्रबार बिहान झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो ।  

शंकास्पद बस्तुलाई प्रहरीले उच्च निगरानीमा राखेको छ । प्रहरीका अनुसार नेपाली सेनाको सिरीसेरगन डिस्पोजल टोली शंकास्पद बस्तुलाई डिस्पोज गर्न आउँदै छ । 

शंकास्पद बस्तु किन र कसले राखेको हो भन्ने बारे कुनै जानकारी नभएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।



Share Your Thoughts