मौरीको टोकाईबाट एक बालकको मृत्यु पाँच घाइते


अगर बत्ती

Dharana news    

access_time 21 Nov 2019

सर्लाही / सर्लाहीमा मौरीले टोकेर एक बालकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–७, सानो मुसैलीका स्थानीय गणेश रायका तीन वर्षीय छोरा  किसनकुमार रायको मौरीको टोकाईबाट मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् ।

वुधबार दिउँसो मौरीको टोकाईबाट घाईते भएका बालकको उपचारका क्रममा राती पौने नौ बजे जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मौरीले टोकेर गणेशकी श्रीमती ३५ वर्षीया चिन्ता देवी राय, चार वर्षका छोरा रवीकुमार, सोही ठाउँकी २४ वर्षीया अन्जली देवी यादव, ४० वर्षीया देवबती देवी र १८ वर्षका रामध्यान महतो घाइते हुनु भएको छ ।

घाइतेमध्ये रामध्यान बाहेक अन्य चार जनालाई जिल्ला अस्पताल मलङ्गवाबाट वीरगञ्ज रेफर गरिएको थियो । घाइते सबै उपचारपछि राती नै डिस्चार्ज भइसकेका छन् । 

महिला र बालबालिका घरमा बसिरहेको अवस्थामा खेततर्फबाट आएको मौरीले टोकेको सर्लाहीका प्रहरीले जनाएको छ ।



Share Your Thoughts