अज्ञात समूहद्वारा बस आगजनी


अगर बत्ती

Dharana news    

access_time 11 Nov 2019

घोडाघोडी /  कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले जनाए । 



Share Your Thoughts