अतिक्रमित नेपाली भूमिबारे नेपाली सेनाको हेडक्वार्टरमा छलफल


अगर बत्ती

Dharana news    

access_time 11 Nov 2019

 काठमाडौं / भारतले सार्वजनिक गरेकोे नक्साबारे नेपाली सेनाको हेडक्वार्टरमा छलफल भएको छ । नेपाली  भू–भाग अतिक्रमण गरेको  विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल र विरोध भएपछि नेपाली सेनाले चासो देखाएको हो ।

प्रधानसेनापति  पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा नेपाली सेना चुक्न नहुने जनाउँदै अन्य सुरक्षा निकाय प्रमुखसंग छलफल चलाएका हुन् । नेपाली भूभागमा रहेका भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्न कुटीतिक एंव रणनीतिक तयारीमा पनि सेना अग्रसर भएको  छ । प्रधानसेनापति थापाले  लिम्पियाधुरामा कालापानीमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मी रहेकोमा कसरी फिर्ता पठाउन  सकिन्छ भन्ने भन्ने विषयमा सुरक्षा प्रमुखबीच छलफल भएको सैनिक उच्च स्रोतले जनाएको छ ।

प्रधानसेनापति थापाले पछिल्लो सुरक्षाअवस्था र सहकार्यबारे छलफल राखेको भएपनि भारतीय सीमा अतिक्रमणबारे बहस भएको स्रोतले जनाएको छ । थापाले उपनिर्वाचन तथा साग खेलकुदको सुरक्षाबारे छलफल गर्न बोलाएका थिए तर छलफल  समग्र सुरक्षाका विषयमा भएको जनाइएको छ । अमेरिकाले निकालेको प्रतिवेदनदेखि भारतीय सुरक्षाकर्मीले सीमामा गरेको अतिक्रमणसम्मका विषयमा छलफल भएका थिए । 

सीमा विषयमा भारतीय सेनालाई लामो  समयदेखि फिर्ता पठाउन कोशिस गरेतापनि सफल भएको छैन । 

थप सामग्री भिडियोमा :







Share Your Thoughts