‘च च हुई’को क्यारेक्टर पोस्टर सार्वजनिक


अगर बत्ती

Dharana news    

access_time 11 Nov 2019

आउँदो मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको गीत र ट्रेलर सार्वजनिक गरिसकेपछि अझै यसको क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।


फिल्मका मुख्य चार क्यारेक्टर प्रेम (आर्यन सिग्देल), भोला (भोलाराज सापकोटा), संगीता (मिरुना मगर) र श्यामलाल (माओत्से गुरुङ)को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पछिल्लो समय लभ स्टोरी जनराका फिल्ममा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रोमान्टिक कमेडी जनराको फिल्ममा देखिएका हुन् । दुई बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ ।


जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको छ । आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । 

साम्तेन भुटियाको निर्देशन र सम्पादन रहेको फिल्ममा आर्यन, मिरुना, भोला, माओत्सेसँगै पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायत कलाकारको पनि अभिनय रहेको छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् ।


सुशन प्रजापतिले छायाँकन गरेको फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।







Share Your Thoughts