बिष्णुकुमार देवकोटा
दाङ / स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का सल्लाहकार एवं समाजसेवी अभियान बस्नेत द्धारा आफ्नो जन्म दिनको अबसरमा असहाय महाबिर रोका लाई नगद् आर्थीक सहित न्यानो कपडा सहयोग गर्नुभएको छ ।
जन्म दिन लाई फजुल खर्चगरी मनाउने युवा पुस्तामाझ सकारात्मक संदेश पुगोस भन्ने हेतुले बस्नेतले स्पाईनल कर्ड इन्ज्युरी बाट पिडित घोराही निबासी अपाङ्ग रोकालाई न्यानो ब्ल्याङ्केट (ओढ्ने), सिरानी सहित नगद दिएर सहयोग गर्नुभएको हो ।
'जन्मदिनलाई रचनात्मक रुपमा मनाउन र समाजमा सकारात्मक संदेश जाओस भन्ने उदेस्यले सानो सहयोग गरेको हुँ' । बस्नेतले भन्नु भयो ।
सफल युवा व्यवसायी एवं राष्ट्र व्यापि नृत्य बिद्याको प्रतिस्पर्धात्मक महासंग्राम डान्स आईकन दाङ नेपाल (डिआईडि नेपाल) को अति महा–बिसिस्ट सल्लाहकार, टाईटल प्रायोजक तथा नेपाल तरुणदल जिल्ला कार्यसमिति दाङका कोषाध्यक्ष एवं नारायणपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका सामाजिक व्यक्तित्व बस्नेत विभिन्न संघ संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
जिल्लामा हुने विभिन्न धार्मीक महायज्ञहरु तथा सामाजिक कामहरुमा अग्रसर हुने बस्नेत रीयल स्टेट बिजनेसम्यान हुनुहुन्छ ।