बिदेशी भूमिमा जन्मिएर बलिउडमा सफल भएका सेलिब्रेटीहरु


अगर बत्ती

Dharana news    

access_time 30 Nov -0001

बलिउड उद्योगमा कुनै पनि सेलिब्रेटीको नेशनालिटीलाई लिएर त खासै चर्चा हुदैन र हुनु हुदैन पनि किनकि कलाकारहरु भनेका देशका गहना हुन।  तर पनि आज हामी बिदेशी भूमिमा जन्मिएर बलिउड चलचित्र उद्योगमा उधुम मच्चाईरहेका केहि अभिनेत्रीका बारेमा कुरा गर्न जादै छौं ति को को हुन त आउनुहोस। 

कट्रिना कैफ 

बलिउड अभिनेत्रीहरुको सुचिमा सबैभन्दा शिर्ष स्थानमा आउने नाम हो कट्रिना कैफ।  चलचित्र बूम मार्फत आफ्नो करियरको सुरुवात गरेकी कट्रिना ब्रिटेनकी नागरिक हुन्।  

जैकलीन फर्नाडीस

जैकलीन फर्नाडीससंग श्रीलंकाको नागरिकता छ।  यसको मतलब उनि श्रीलंकियन नागरिक हुन।  तर पनि बलिउडमा केहि गर्ने उदेश्यले यस क्षेत्रमा लागेकी अभिनेत्रीले सलमान खानका अलावा अन्य केहि चलचित्रमा काम गरिसकेकी छिन।  

नरगिस फाखरी

नरगिस फाखरी पनि बलिउडकि चरिचित अभिनेत्रीमध्येकी एक हुन। अमेरिकाबाट बलिउड सिने उद्योगमा केहि गर्छु भन्ने उदेश्यले आएकी हलिउड मोडल नरगिसले ३० बर्षको उमेरदेखि आफ्नो करियरको सुरुवात गरेकी हुन्।

नोरा फतेही  

क्यानेडियन बेली डान्सर नोरा फतेही पनि पछिल्लो समय बलिउडकि सर्वाधिक चर्चामा रहेकी अभिनेत्री हुन्।  

सनी लियोनी

भारतीय मुलकी क्यानेडियन नागरिक हुन सनी लियोनी। टिभी रियालिटी शो बिग बोसबाट बलिउडमा प्रवेश गरेकी सनी पछिल्लो समय चर्चित छिन।  

एमी जैकसन

इङ्गल्याण्डमा जन्मिएकी अभिनेत्री यमी ज्याक्सनले सन् २०१० देखि करियरको सुरुवात गरेकी हुन्।  रजनिकांतको फिल्म २.० मा अभिनय गरेकी यमी विभिन्न साउथ फिल्महरुमा समेत काम गरेकी छिन। 

 कल्कि कोचलीन

फ्रान्सेली मूलकी भारतीय अभिनेत्री कल्की कोचलिनले आफ्नो करियरको सुरुवात देव डि मार्फत गरेकी हुन्। उनै कल्की हाल बिनाबिवाह आमा बन्ने तयारीमा रहेकी छि जसका कारण उनि पछिल्लो समयमा चर्चाको केन्द्रमा छिन।



Share Your Thoughts