नेपाली साहित्य तथा संगीतजगतले सधैँ सम्झने एउटा नाम हो – स्व. कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी।
विसं १९९९ चैत्र महिनामा ज्यामुर बयरपानी तनहुँमा जन्मिएका अधिकारीले आफ्नो जीवनकालको अन्तिम क्षण पनि कला र साहित्य क्षत्रलाई नै समर्पित गर्दै विसं २०७० साल चैत महिनामा स्वर्गारोहण भएका थिए।‘म त लालीगुराँस भएछु’, ‘मलाई छोडी मेरो छायाँ’, ‘शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुुद्ध छैन’ जस्ता राष्ट्रिभक्ति भावना भएका गीत तथा कविताका सर्जक अधिकारीले नेपाली भाषा, कला, साहित्य तथा संगीतजगत्को श्रीवृत्तिको लागि ठूलो योगदान पुर्याएका छन्।
उनै कवि तथा गीतकार अधिकारीको सम्झनामा उनका कान्छा छोरा अमनप्रताप अधिकारीले कविताजगतको उत्थान र विकासका लागि कविता क्षेत्रकै पहिलो, पृथक र नवीन रियालिटी शो ‘द पोएट आइडल’ ल्याउँदै छन्।अडिसनको कहिलेबाट सुरु गर्ने भन्नेबारे अझै अधिकारीले अझै केही खुलाएका छैनन्।
आफैँमा राम्रो को बन्छ? करोडपति, ऐना, हिमालयन रोडिजजस्ता धेरै चलेका रियालिटी शोको निर्देशन गरिसकेका ‘डन’ डाइरेक्टर भनेर चिनिने अधिकारीले आफ्नै उत्पादन तथा निर्देशनमा उक्त शो ल्याउन लागेका हुन्।
सञ्चारकर्मी र खेलाडीको रूपमा देश तथा विदेशमा राम्रो परिचय बनाइसकेका र ‘डन’ डाइरेक्टर उपनामले चिनिने अमनले आफ्नो बुवाले तनहुँको सामान्य गाउँले परिवेश, त्यहाँको कला, सभ्यता तथा समग्र नेपाली परिवेशलाई साहित्य, कला र संगीतको मााध्यमबाट सबैमाझ पुर्याउन गरेको योगदानलाई आफू उनको छोरा भएर भन्दा पनि एक सञ्चारकर्मी र निर्देशकको हैसियतले पनि उनका कृति र योगदानलाई संरक्षण तथा प्रवद्र्धन गर्नुपर्छ भन्ने लागेर यस्तो खालको कार्यक्रम ल्याउन लागेको बताए।
यसका साथै उनले उक्त शोमार्फत् देश तथा विदेशमा रहेका नेपाली भाषा, संस्कृति र कविता क्षेत्रलाई माया गर्ने पाठक, दर्शक तथा श्रोताका लागि उक्त कार्यक्रम भएको उनले बताएका छन्।
नेपालमा धेरै किसिमका रियालिटी शो बनेका छन्। जसमध्ये केही रियालिटी शो अमन आफैँले निर्देशन गरेका पनि छन्। तर, यसरी विशुद्ध साहित्य अझ विशेषत कविताको लागि रियालिटी शो ल्याउनुको कारण नेपाली दर्शक तथा श्रोताको रुचि भएको उनी बताउँछन्।
उनी भन्छन्, ‘हरेक क्षेत्रका दर्शकहरू आफ्नै किसिमका हुन्छन्। कमर्शियल कार्यक्रम ल्याउन खोज्ने हामीहरूले दर्शकको लागि कस्तो कार्यक्रम ल्याउँदै छौँ भन्ने कुराको पनि विचार गर्नु निकै आवश्यक हुन्छ। त्यसैले मैले यो (द पोएट रियालिटी शो)मा पनि दर्शकको च्वाइसलाई विशेष प्राथमिकता दिएको छु’, उनले भने, ‘हाम्रो साहित्य जगतमा पनि विदेशी संस्कृति भित्रिएको छ। शहरी क्षेत्रमा बस्ने युवा जमातले र्याप र स्यामजस्ता अर्वन शैलीमा कविता लेख्छन् भने सामान्य गाउँमा हुर्किएका युवाले भानुभक्तका जस्ता छन्द शैलीका कविता लेख्छन्। त्यसलै दुवै कविता लेख्ने प्रतियोगीको फ्युजन नै द पोयट रियालिटी शो हो।’उनका अनुसार सो रियालिटी शोमा सहभागी कविले कम्तिमा ८० प्रतिशत नेपाली भाषाको प्रयोग गर्नुपर्नेछ भने बाँकी २० प्रतिशत अन्य भाषाशैली प्रयोग गर्न पाउने छन्।
तर, त्यो २० प्रतिशतले हाम्रो भाषा, कला र संकृति मर्नु भएन।
उनले भने, ‘मैले सबै खालका कविको फ्युजन ल्याउन खोजेको हुँ। तर, शोमा आउने कन्टेस्टेन्टहरू शोमा मात्र नभएर इन फ्युचर प्रोफेसनल कवि भएर जीउनु पर्छ। कवि भएर बाँकी समय बेरोजगार हुनुपर्ने अवस्था सिर्जना हुनुहुन्न। यसैको लागि मैले विशेष तयारी थालेको छु।’