सीमामा रोकिएका १८३ नेपाली भित्रिए्र


अगर बत्ती

access_time 02 May 2020

काठमाण्डौ । लकडाउनको समयमा नेपाल भारत सिमामा आएर रोकिएका कैलालीका १८३ नेपाली नेपाल भित्रियसँगै  स्थानीय तहको क्वारेन्टाइनमा बसेकाछन् । केही समय क्वारेन्टाईनमा बसेर स्वास्थ्य परीक्षण पछि उनीहरु घर जाने भएका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दार्चुला र बैतडी नाकाबाट सिमामा अड्केका १८३ जना शुक्रबार साँझ सम्म जिल्ला भित्रिसकेको जनाउँदै भारतको पलियामा रोकिएका १६० नेपालीलाई पनि ल्याउने प्रयास भैरहेको जानकारी गराउनु भयो ।

भारतमा मजदुरीका लागि गएका र घर फर्कने क्रममा सीमामा महिना दिनबढी रोकिएका कामदारहरु जिल्ला भित्रिय संगैै क्वारेन्टाईनमा बस्न थालेका छन् । जिल्लाको सबैभन्दा बढी घोडाघोडी नगरपालिकाका ४६ जना मोहन्याल गाउँपालिकाका ४१ जना लगायत अन्य स्थानीयतहका कामदार सम्वन्धित क्वारेन्टाईनमा बस्न थालेका हुन् ।

घोडाघोडी नगरपालिका ९ का राम सिंह धामीले सीमामा अड्केको ३४ दिनपछि आफ्नो देश आउन पाउँदा ठुलै युद्ध जितेजस्तो भएको बताउनुभयो । उहाँले भारतको क्वारेन्टाइनमा बस्दा सामान्य स्वास्थ्य परिक्षण भएपनि कोरोना भाईरसको परीक्षण नभएको जनाउँदै आफ्नो र परिवारको सुरक्षाका लागि आफूहरु क्वारेन्टाईनमा बस्न तयार भएको जानकारी गराउनु भयो ।




Share Your Thoughts