बालिकालाई चितुवाले गरे आक्रमण


अगर बत्ती

Dharana    

access_time 12 Jun 2022

तनहुँ  । घरमा बसीरहेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका रियाना थापा घाइते भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । 

घरमै बसी रहेको अवस्थामा चितुवाले आक्रमण गरेको परिवारजनले जानकारी दिएको काफ्लेले बताए । बालिकालाई आक्रमण गर्ने विक्तिकै बुबा र आमा चिच्चाउँदै छुटाउन जाने क्रममा चितुवा भागेको उनले जानकारी दिए । 

घाईते बालिकाको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजार स्थित मोती मेडिकल हल डुम्रेमा उपचार भईरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको मोती मेडिकल सञ्चालक तथा बन्दीपुर गाउँपालिकाको निर्वतमान अध्यक्ष पूर्णसिंह थापाले बताए ।

बालिका हाल स्वास्थ्य सुधार हुँदै गएको थापाले जानकारी दिए। सो क्षेत्रमा खोर बनाई चितुवालाई पासो पार्ने योजना बनाईएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख काफ्ले बताउँछन् ।



Share Your Thoughts