आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



Dharana    

access_time 05 Aug 2021

काठमाण्डौ / आज  प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार यी प्रदेशका केही ठाउँमा दिउँसो पछि ठूलो वर्षाको सम्भावना छ भने अन्य क्षेत्रमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । मनसुन थप सक्रिय नभएकाले धेरै ठाउँमा तत्काल ठूलो पानी नपर्ने मौसमविद्ले बताएका छन् ।

अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली छ । काठमाण्डौ उपत्यकाका दिउँसो पछि हल्कादेखि सामान्य खालको वर्षा हुने अनुमान छ । मौसमविद्ले बाढी पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।



Share Your Thoughts