कांग्रेससँग लम्पसार परेर समाजबादमा पुग्ने सपना !


अगर बत्ती

access_time 28 Apr 2022

एकताले बलियो बनाउँछ, फुटेपछि शत्रुको पाउ समातेर लम्पसार पर्नु पर्छ । सरकारमा रहँदा ओली समूहको अहंकार र डबल नेकपा फुटेपछिको उन्को अवस्थाले यो स्पष्ट गरिरहेको छ । बालुवाटारबाट बालकोटमा बसाई सरेर कांग्रेसका नेताहरुलाई स्वागत गर्नु पर्ने अवस्थामा केपी ओली पुग्नु भयो । ओलीकै बिरुद्ध मात्र केन्द्रित भएर  डबल नेकपा विभाजित गरेपछि प्रचण्ड र माधव पनि शेर बहादुर देउवासमक्ष लम्पसार पर्ने दैनिकीमा पुगेका छन् । केन्द्र र प्रदेश सरकारहरु कांग्रेसको कब्जामा गएका छन् । आफ्नो कमजोर हैसियतबाट निराश भइरहेको नेपाली कांग्रेसका नेता कार्यकर्तालाई सत्तामा पु¥याएर डबल नेकपाका बिभाजित नेताहरुले कांग्रेसले देला र पाउँला भन्ने अवस्थामा आफूहरुलाई उभ्याएका छन् । 

नेकपा एमालेबाट विभाजित भएर अलग पार्टी बनेको माधव नेपाल समूहले नेकपा ९एकीकृत समाजवादी० नाम राखेर कांग्रेससँग भागबण्डामा चित्त बुझाएको छ । माओबादी केन्द्रको पनि त्यही हालत रहेको छ । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष एवम् विभाजन उन्मुख रहेको पार्टीलाई एकीकृत बनाउन अभियान चलाउदै आएका नेकपा एमाले एकता अभियानका संयोजक बामदेव गौतमले नेकपा एमालेलाई विभाजन गर्न नहुने भनेर आफ्नो धारणा सार्वजनिक गरिरहनु भएको थियो, अहिले पनि उहाँले एकतामै जोड दिईरहनु भएको छ । यथार्थमा सत्यलाई आत्मसात गर्ने हो भने कम्युनिष्टहरुबीचको एकता नै आजको निर्विकल्प आवश्यकता हो । विभाजनमा रहेका सबै कम्युनिष्ट नेताहरुले देशको हित र गन्तब्य समाजवाद कार्यदिशा बनाउने हो भने एकताको आशा र आवश्यकता अझै पनि निर्विकल्प सान्दर्भिक छ ।

डबल नेकपा निर्माण हुँदा कार्यकर्तापंक्ति र नेतृत्वपंक्तिमा कत्रो उत्साह थियो रु त्यो उत्साहले आम सर्वसाधारणमा पनि उत्साहको सञ्चार गरेको थियो । त्यसैको परिणामस्वरुप बाम गठबन्धनले दुई तिहाई निकटको बहुमत प्राप्त गरेको थियो । संविधानसमेत संशोधन गर्ने  हैसियतका साथ सत्तासीन हुन पुगेको डबल नेकपाप्रति नेपाली जनताले आशा गर्नु स्वाभाविक थियो । सम्बिधानलेसमेत दिएको गन्तब्य समाजबादको यात्रा अवरोध हुने अवस्था थिएन । आन्दोलनबाट खारिएका नेताहरु सत्तामा पुगेपछि निश्चय पनि जनतामा त्यस्तो आशा पलाउने नै भयो । आफ्नो छाक काटेर परिवारका सदस्यहरु भन्दा बढि माया गरेर आफू सुत्ने बिस्तरामा सुताएर घरमा पालेर राखिएका र सम्मानित गरिएका नेताहरु सत्तामा पुगेपछि पक्कै पनि देश र जनताका लागि केही गर्छन् भनेर विश्वास गर्नु अन्यथा होइन । तर नेताहरुले जनविश्वास अनुसारको काम गरेको पाइएन ।  भ्रष्टाचारको निरन्तरता, वेथितिको निरन्तरता र राष्ट्रघातको निरन्तरताले जनतालाई दिक्क बनायो । कम्युनिष्ट पार्टीप्रति नै जनतामा वितृष्णा पैदा गराउने काम भयो । 

एकीकृत पार्टीको प्रथम अध्यक्षको हैसियतले केपी ओली प्रधानमन्त्री बन्नु भएको थियो । प्रधानमन्त्री बने लगत्तै ओलीले कम्युनिष्ट पार्टी लक्षित र जनअपेक्षित आश्वासनहरु निक्कै बाँड्नु भयो । देशलाई आत्मनिर्भर बनाउने, विदेश आश्रित व्यापारलाई कम गर्ने, पेट्रोलियम पदार्थहरुको उत्खन्नतर्फ पहल गर्ने, वैज्ञानिक कृषि प्रणालीको विकास गर्ने, रासायनिक मलका कारखानाहरु स्थापना गर्ने, क्रान्तिकारी भूमिसुधारका कार्यक्रम लागू गर्ने, वैज्ञानिक शिक्षा प्रणाली लागू गर्ने, शिक्षा निशुल्क गराउन अभियान थाल्ने, स्वास्थ्य उपचार निशुल्क गराउने, स्तरीय अस्पतालहरु स्थापना तर्फ ध्यान दिने, देशलाई औद्योगिकरण गर्ने, रोजगारी सृजना गरेर वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेश फर्काउने कार्यक्रमहरु  लागू गर्ने, उत्तर र दक्षिणका छिमेकी देशहरुसँग जोडिने गरी रेलसेवा विस्तार गर्ने, पानी जहाजको सम्भावनालाई विकास गर्ने लगायतका योजनाहरु प्रधानमन्त्री भएलगत्तै ओलीले सार्वजनिक गर्नु भएको थियो । यस्ता आश्वासनहरु पाएपछि नेपाली जनताले समाजवादको परिकल्पना गरिरहेका थिए । तर प्रधानमन्त्री ओलीको गन्तव्य समाजवाद नभएर देशलाई पश्चिमाहरुको उपनिवेश बनाउने उल्टो गन्तव्य देखियो, उदाहरणका रुपमा अमेरिका र भारतको स्वार्थमा ल्याउन खोजिएको एमसीसी पर्याप्त छ ।

पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले सरकारको तर्फबाट आफ्ना प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्नेतर्फ ध्यान नदिएर उल्टो गन्तब्य लिएपछि पार्टीले उनलाई खवरदारी गर्नु पर्दथ्यो , तर त्यो कार्यदिशा पार्टीले लिन सकेन, त्यस्तो संकेत नै पाईएन ।पदीय भागबण्डा बाहेक अरु सवालका नेताहरुको ध्यान देखिएन । पार्टीको सचिवालयका नौ जना नेताहरुको बैठकमै छलफल र आलोचनाहरु सीमित रहन थालेपछि पार्टीका मातहतका संरचनाहरु निश्कृय हुँदै गए र भताभुङ्ग हुँदै गए, पार्टीका नेता र कार्यकर्ताहरु जिम्मेवारीबिहीन हुँदै गए । एक किसिमबाट डबल नेकपाको अस्तित्व समाप्त हुँदै गएको अवस्था विकसित भएको थियो । स्थायी कमिटीको बैठक समेत बस्न नसक्ने अवस्थामा पार्टी पुगेपछि पार्टीको विभाजन सम्भावना थियो । तर बिभाजनले के दियो रु ओली समूहलाई अहंकार र प्रचण्ड(माधव समूहलाई कांग्रेससँग लम्पसार बाहेक अरु केही भयो त उपलब्धि ? अब नेपाली कांग्रेससँग लम्पसार परेर समाजबादमा पुग्ने सपना कसरी पूरा होला ? सबैलाई चेतना भया ! 



Share Your Thoughts