नेपाली कांग्रेसलाई एमाले—माके मिल्ने त्रास !


अगर बत्ती

access_time 24 Mar 2022

भनिन्छ ‘अगुल्टोले पोलेको कुकुर बिजुलीदेखि तर्सिन्छ’ नेपाली कांग्रेसलाई त्यस्तै कुकुरको त्रास सृजना भएको छ । सभापति पदका लागि शेरबहादुर देउवासँग टक्कर लिएका  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र माओवादीबीच चुनावी गठबन्धन हुन सक्ने खतरालाई संकेत गर्नु भएको छ । उहाँले  भन्नु भएको छ — ‘२०७४ सालमा जस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनसक्ने चिन्ता रहेको छ ।’ गत मंगलबार आफ्नो निवासमा आयोजित चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उहाँले त्यसतर्फ ध्यान पु¥याउनुपर्नेमा जोड दिनु भएको छ । उहाँले गठबन्धन केका लागि गर्ने भन्ने प्रष्ट हुनुपर्नेमा पनि धारणा राख्नु भयो । अरु पार्टीहरुलाई जिताउनका लागि गठबन्धन हो कि ती पार्टीहरुले नेपाली कांग्रेसलाई पनि भोट दिनका लागि गठबन्धन हो’ उहाँले प्रश्न उठाउनु भएको छ । 

डबल नेकपा विभाजित भएर सरकार ढलेपछि सत्तामा पुगेको नेपाली कांग्रेस कमजोर अवस्थामा थियो । तर एमाले र माकेबीचको विभाजनले गर्दा कांग्रेसको अवस्था बलियो देखिएको छ । कांग्रेस एक्लैले चुनाव लड्ने हिम्मत गर्न सकिहालेको छैन । यस्तो भावना प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले व्यक्ति गरिरहनु भएको छ । त्यसैलाई संकेत गर्दै शेखर कोइरालाले भन्नु भएको छ — ‘हाम्रा नेताहरुको सोच त्यता पनि जानुपर्ने आवश्यकता मैले देखेको छु, नेपाली कांग्रेसलाई गठबन्धनबाट फाइदा हुन्छ कि हुँदैन ? भोट आउँछ कि आउँदैन ?’ 

कोइरालाले नेपाली कांग्रेसका उम्मेदवारलाई भोट नआउने भए गठबन्धनको किन जरुरत प¥यो? भन्ने प्रश्न पनि उठाउनु भएको छ ।’ एकातिर गठबन्धन नगर्ने भन्ने धारणा पनि कोइराला लगायतका नेपाली कांग्रेसका केही नेताहरुमा देखिएको छ भने अर्कोतर्पm एमाले र माके गठबन्धन बनाएर २०७४ सालमा भैm नेपाली कांग्रेसलाई पत्तासाफ गर्ने हुन् कि भन्ने त्रास पनि देखिएको छ । 

कोइरालाले भोट ल्याउने उपायबारे सुझाउँदै भन्नु हुन्छ, ‘भोट ल्याउने उपाय के हो त ? हामीले ९० प्रतिशत भोट अर्को पार्टीका नेतालाई खसाल्दिने, उहाँहरु जित्ने, अनि हामीलाई चाहिँ भोट नदिने हो भने त्यस्तो गठबन्धन हामीलाई चाहिँदैन’ । कोइरालाले विभिन्न जिल्लाका कार्यकर्ताहरुसँग फोनमा कुरा हुँदा, भेटघाट हुँदा, जिल्ला जाँदा कुरा हुने गरेको र उनीहरुले गठबन्धन गरेर जान नहुने धारणा राख्ने गरेको पनि सो अवसरमा जानकारी गराउनु भएको थियो । यसबाट पनि स्पष्ट हुन्छ नेपाली कांग्रेसले अरु कसैसँग पनि गठबन्धन गरेर चुनावमा नजाने सोच बनाएको छ ।

नेपाली कांग्रेस गठबन्धन नबनाएर एक्लै चुनाव जाने हो भने कांग्रेसको अवस्था  बहुमत प्राप्त गर्ने हैसियतको देखिदैन । खासगरी एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्ने सवालमा नेपाली कांग्रेसले अपनाएको कार्यशैली र एमसीसी सम्झौताका कारणबाट नेपालको सार्वभौम सत्ता नै जोखिममा परेको जनताको स्पष्ट बुझाई रहेको छ । यस्तो अवस्थामा पारित गरिएको एमसीसी सम्झौतामा नेपाली कांग्रेस चुनावी क्षेत्रहरुमा जनताको आक्रमणको निशाना बन्नुपर्ने अवस्था पनि विकसित भइरहेको छ । यसपटकको चुनाव नेपाली कांग्रेसका लागि त्यति सहज देखिएको छैन । 

हुन्त संसदवादी राजनीतिक दलका नेताहरु सबैप्रति जनता आक्रोशित भएको हो । नेताहरुले जनताका  आवाज र जनताका आवश्यकता सुनेनन् र बुझेनन् भन्ने गुनासो जनताले गरिरहेका छन् । राजसंस्था विघटन भएको  १५ बर्ष व्यतित भइसकेको अवस्थामा पनि अहिले आएर राजाप्रति जनतामा आकर्षण बढेको छ । यही कारणले गर्दा पनि राजनीतिक दलहरु भयभीत देखिएका छन् । नेपाली कांग्रेसले एक्लै चुनाव लड्दा बहुमत नपुग्ने अवस्था छ भने नेकपा एमाले पनि एक्लै चुनावमा जाने हो भने उसको पनि बहुमत आउने अवस्था छैन । त्यसैले संसदीय चुनावको जोड घटाउ मिलाउन कांग्रेस र एमाले दुवैलाई अरु दलहरुसँग गठबन्धनको आवश्यकता देखिएको छ । स्थानीय निकायको चुनावमा माकेले पनि अरुसँग गठबन्धन नगर्ने भन्दै आइरहेको अवस्था बीच नेपाली कांग्रेसको तर्पmबाट शेखर कोइरालाले व्यक्त गर्नुभएको त्रासपूर्ण अभिव्यक्तिले स्थानीय निकायको चुनावमा कसैले पनि बहुमत प्राप्त गर्ने अवस्था देखिएको छैन । आगे चुनावसम्म प्रतिक्षा गर्ने पर्छ !    जनधाारणा साप्ताहिकबाट 



Share Your Thoughts