एमसीसीको प्रभाव-नेपालको बिदेशनीति अमेरिका निर्देशित !


अगर बत्ती

access_time 04 Mar 2022

एमसीसी सम्झौता ध्वनीमतबाट पारित भएको घोषणा पछि देश नेपालको बिदेशनीति पनि फेरिएको संकेत भएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा नेपालले अमेरिकाको अनुशरण गरेको छ । नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ ।तर भारत तटस्थ बसेको छ भने चीन विपक्षमा रहेको छ । 

 संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्‍मा नेपाल युक्रेनको पक्षमा उभिए पछि छिमेकी देशहरु चीन र भारत नेपालसँग झस्किएका छन् । १६ फागुनमा भएको राष्ट्र संघको बैठकमा नेपाल रसियाले युक्रेनमाथि गरेको हमलामा युक्रेनको पक्षमा उभिएको छ।

राष्ट्र संघको बैठकमा युक्रेनमाथि आफूले गरेको हमलाबारे हुने बहसमा रसियाले आपत्ति जनाउँदै मतदानको माग गरेको थियो। जसमा ४७ देशहरुले भोट दिएका थिए। मतदानमा युक्रेनको पक्षमा उभिने देशहरुमा नेपालसँगै २९ देश रहेका छन्।

नेपालसँगै अर्जेटिना, बेनिन, बोलिभिया, ब्राजिल, फिनल्याण्ड, फ्रान्स, जर्मनी, होन्डुरस, इन्डोनेसिया, जापान, लिबिया, लक्जमबर्ग, मलेसिया, कतार, मेक्सिको, पोल्याण्ड, कतार, बेलायत, अमेरिकालगयात देशहरुले रसियाले युक्रेनमाथि गरेको हमलाको आपत्ति जनाउँदै युक्रेनको पक्षमा उभिएका छन्। 

त्यस्तै, मतदानमा चीन भने युक्रेनको विपक्षमा देखिएको छ । युक्रेनमा भइरहेको रसियाली हमलाको विषयमा कुनै पनि पक्ष नदिने १३ देशहरु रहेका छन्। जसमा भारतसँगै अर्मेनिया, केमेरुन, गबोन, काजकिस्तान, नामिबिया, सुडान, संयुक्त अरब राज्य, सोमालियालगायतका देशहरु रहेका छन्।

यसैबीच रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै देश । रुसले विश्व बजारमा कच्चा तेलको १० प्रतिशत उत्पादन गर्छ । उसले यूरोपमा मात्र कुल आपूर्तिको ४० प्रतिशत ग्याँस ओगट्छ । अहिले युक्रेनमा रुसले हमला गरेपछि ग्याँस आपूर्तिमा अवरोध भएको छ । यूरोपमा ग्याँसको मूल्य निकै बढेको छ ।

 कच्चा तेलको मूल्य प्रतिब्यारल एक सय डलरभन्दा बढी भइसकेको छ ।रुस र युक्रेनले विश्वलाई कुल गहुँ उत्पादनको २५ प्रतिशत आपूर्ति गर्छन् । सूर्यमुखी फूलको तेलको मुख्य उत्पादक देश रुस र युक्रेन हुन् । उनीहरुले ८० प्रतिशत सूर्यमुखी फूलको तेल विश्वलाई आपूर्ति गर्दै आएका छन् । युद्धले यसमा अवरोध भएको छ । मकैं उत्पादन गर्ने देशमा पनि रुस मुख्यमध्येको हो । यसको मूल्य पनि वृद्धि हुनथालेको छ ।

दैनिक उपभोग्य सामाग्रीको मूल्य विश्वभर बढेको छ । नेपालमा पनि यसको असर परेको छ । नेपाल आयल निगमले तेलको मूल्य फरि वृद्धि गरिसकेको छ । खाना पकाउने ग्याँसको समेत मूल्य वृद्धि गरेको छ । यसले उपभोक्ताहरु प्रभावित भएका छन् । खाने तेलको मूल्यवृद्धि भएको छ । गहुँलगायत सामाग्रीको पनि मूल्य वृद्धि हुन थालेको छ । ढुवानीमा पनि लागत बढेको छ ।

यूरोपमा खतरनाक युद्धको बादल मडारिएपछि नेपालमा समेत असरहरु देखिनथालेका छन् ।नेपालको पर्यटनमासमेत असर देखिन थालेको हो । यो युद्धले विस्तारै रेमिटेन्समा समेत असर पर्न सक्ने चुनौतीहरु देखिनथालेका छन् ।

बैंकहरुमा नगद अभाव देखिनथालेको छ । बैंकहरुले ऋण प्रवाह कम गर्न थालेका छन् । यसले संकेत गर्छ कि देशमा ठूलो आर्थिक संकट हुन खतरा बढेको छ ।



Share Your Thoughts