राष्ट्रघाती सम्झौताको विरोध गर्दा प्रहरी दमन किन ?


अगर बत्ती

access_time 20 Dec 2021

सरकारले  देशभक्त जनतामाथि प्रहरी दमनको सहारा लिएर अमेरिकाको चाकडी गर्न खोजिरहेको छ । अमेरिकाले नेपालमा उपनिवेश कायम गर्दै आफ्नो साम्राज्य खडा गर्न खोजिएको छ । एमसीसी सम्झौताका नाममा कथित लगानी भन्दै देशलाई  विदेशीहरुको कब्जामा पुर्याउने षड्यन्त्रमा सत्तासीन नेताहरु लागि रहेका छन् । सम्झौता  राष्ट्रघाती छ भन्ने कुरा सरकार स्वयम् स्वीकार गरिसकेको अवस्था छ । सरकारले एमसीसीलाई नै सम्झौतामा संशोधनको लागि अनुरोध गर्दै पत्राचार गरिएकोमा एमसीसीका तर्पmबाट एक पटक भइसकेको सम्झौता संशोधन हुन सक्दैन भनेर जवाफ दिइएको छ । यसैबाट स्पष्ट हुन्छ । सम्झौता राष्ट्रघाती छ । राष्ट्रघाती सम्झौता खारेज गरियोस् भने र सडकमा उत्रिएका राजनीतिक दलका नेताहरु माथि नांगो प्रहरी दमनले लोकतन्त्रको धज्जी उडाएको छ । 

शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमनले सिमा नाघेको छ । आन्दोलनको क्रममा संसद घेराउ गर्न पुगेका  नेताहरुसँग सम्वाद र प्रतिबद्धता सरकारको कर्तव्य हुन आउछ । राष्ट्रघाती भनिएको सम्झौता के कारणले राष्ट्रघाती  भनिएहो हो भन्ने बारे सम्वाद आवश्यक हुन्छ । सम्वादको औचित्य नदेख्ने सरकारले बलप्रयोगलाई मात्र आधार बनाइरहेको छ । 

अमेरिकाको आड पाएर नेपाली जनतामाथि दमन गर्ने शासकहरुलाई नेपाली जनताको शासक मान्न सकिदैन । यो विषयमा सत्तासीन दलका नेताहरु गम्भीर बन्नु जरुरी छ । एमसीसी सम्झौता कस्का लागि हो ? नेपाली जनताका लागि हो भने नेपाली जनताले यो सम्झौताको विरोध किन गरिरहेका छन् भन्ने बारेमा सरकार सचेत बन्नु पर्छ । 

विरोध प्रदर्शनका क्रममा  प्रहरीले व्यापक लाठीचार्ज गरेको छ ।  लोकतन्त्रमा विरोध गर्न पाउने कि नपाउने ? त्यसमा राष्ट्रियतासँग जोडिएको महत्वपूर्ण विषयमा  जनताले समर्थन वा विरोध दुवै गर्नु पाउनु पर्छ । समर्थन गर्नेहरुलाई स्वतन्त्रता दिने सरकारले र विरोध गर्नेहरुलाई किन बन्देज लगाइरहेको छ ? 

गत मंगलबारको विरोध प्रदर्शनमा कैयौँ आन्दोलनकारी घाइते भएका छन्  । बरमहलबाट बानेश्वर प्रवेश गरेको जुलुसलाई प्रहरीले लाठीचार्ज गर्दा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रकाण्डसहित दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् । सरकारले किन शान्तिपूर्ण आन्दोलनमा पनि प्रहरीको ज्यादतीलाई बढावा दिइरहेको छ ? के नेपाली जनताले देश र जनताको अहितमा शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो ? प्रहरीको जथाभावी लाठी चार्जबाट केही प्रहरीहरु समेत घाइते भएका छन् ।

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्धको प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम पुन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, नेकपा नेता डबल शाह, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु मदन केसी, डिबी चन्द, गोविन्द बिष्ट, लोकेश जोशी, अखिल (क्रान्तिकारी) का दयाराम लुहार, सपना पुन मगर, प्रजित विक, जनक शाही, घनश्याम खड्का, हिक्मत परियार, नवीन बिष्ट, सुवास महत, पुर्णचन्द्र खड्का, समीर थापा, प्रजिना दर्नाल, चिरायु भेटवाल, स्मृति कार्की, राहुल भुषण विक लगायत २ दर्जन जति घाइते पारिएका छन् भने उनीहरुलाई गिरफ्तार गरेर लगिएको  थियो । 

प्रहरीको निषेधित क्षेत्र तोडेर अगाडि बढ्दै हजारौँ आन्दोलनकारीहरु एमसीसी विरुद्ध प्रदर्शन गरिरहेकाले सरकारलाई राम्रो खबरदारी भएको छ, यही विरोध प्रदर्शनलाई मध्यनजर गरी देशलाई गृहयुद्धमा जानबाट बचाउन एमसीसी सम्झौता फिर्ता गर्न सरकारलाई आधार पनि बनेको छ । जनतामा माथि दमन गर्ने कि  जनताका निम्ति काम गर्ने ? सरकारको रोजाईमा देशको भविष्य निर्भर छ, आगे सरकारलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट 



Share Your Thoughts