एमसीसी समर्थकहरुलाई दशैंको मुखमा उपहार राम्रै आउला !


अगर बत्ती

access_time 26 Sep 2021

बडादशैं २०७८  नजिकिएको छ । यो सँगै बजारमा महंगी पनि बढेर गएको छ । व्यापारीहरुले बस्तु लुकाउने र मूल्य बढाउने काम गरेका छन् । जति मूल्य  बढेपनि सरकारले भने मूल्यबृद्धि नियन्त्रणका लागि चासो देखाएको छैन । 

व्यापारीहरुमा पनि सरकारले कारवाही गर्ला भन्ने डर देखिदैन । बजारमा महँगी र  कालाबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य पनि अझैसम्म सुरु भएको पाइएको छैन । 

पर्वहरु नजिकिदै गर्दा सामानको अभाव देखाउने गरिन्छ । वास्तवमै सामानको अभाव भएको होइन । व्यापारीहरुले सामानको मूल्य बढाउनको निम्ति अभाव सृजना गर्ने गर्दछन् ।  यस अवस्थामा व्यापारीहरुले म्याद नाघेका खाद्यवस्तु विक्रीवितरण गर्नुका साथै कालाबजारी समेत गरेका हुन्छन् । व्यापारीले जतिसुकै अन्याय गरे पनि, उपभोक्ताले जतिसुकै गुनासाहरु गरेपनि सरकारले  बजार अनुगमनतर्पm चासो देखाएको छैन ।

केही शहरिया बस्तीमा सरकारले सुपथमूल्यका पसलहरु खुला गरेको पाइएको छ । ती पसलहरुमा सर्वसाधारण जनताको पहुँच  असम्भव देखिन्छ । दशैं र तिहार भन्नासाथ नेपाली समाजमा यसको महत्व निकै देखिन्छ । मिठो खाने, राम्रो लगाउने परम्परा नै यी पर्वहरुको विशेषता रही आएको छ ।  जनतामा यी परम्पराले जरा गाडेको पाइन्छ । जतिसुकै परम्परा विरुद्ध जान खोज्नेले पनि दशैं र तिहारसँग नजोडिएर छुटकारा पाउने अवस्था छैन । त्यसैले पनि यी पर्वहरुप्रति सरकार गम्भीर बन्न जरुरी छ । 

नेपालका  पहाडी जिल्लाका बस्तीहरुमा पनि यी पर्वले प्रत्येक वर्ष निक्कै चहलपहल बढाएको पाइन्छ ।  चाडपर्वका बेला अत्यधिक खपत हुने मासुपसलहरु अव्यवस्थित रुपमा सञ्चालन भइरहेका पाइन्छन् ।  यसतर्पm पनि अनुगमन नहुँदा एकातिर सर्वसाधारण स्वास्थ्य समस्यामा पर्ने गरेका छन् भने महंगीको भार पनि जनतामा थोपरिने  गरेको छ । 

हुन् त बजार अनुगमन नियमितरुपमा भए पनि  महंगी र कालाबजारी नियन्त्रण आपैm हुने होइन ।  अनुगमनसँगै कार्वाही पनि आवश्यक हुन्छ । अनुगमनका क्रममा  देखिने दोषीहरुलाई तत्कालकै  कार्वाही गर्ने परिपाटी बसाल्न सकियो भने अनियमितता गर्नेहरु निरुत्साहित हुन सक्दछन् । 

 पर्वहरुका समयमा मात्र अनुगमन गर्ने अरु समयमा अनियमितता गर्नेहरु प्रति कुनै चासो नदेखाउने गर्दा पनि पर्वहरु प्रभावित पार्ने गरी अनियमित गर्नेहरु सकृय भएका हुन्छन् । सरकारले अनियमिततालाई नियन्त्रण गर्न कडा कानून बनाउने र कानूनलाई कडाईका साथ लागू गर्न जरुरी छ । सरकारले चाडपर्वका बेला उपहारको प्रचलनलाई पनि निरुत्साहित गर्नुपर्दछ । उपहार पाउनेले के कारणले उपहार पायो  भन्ने कुरा महत्वपूर्ण हुन्छ । उपहार दिनेले किन दियो  ? यो महत्वपूर्ण प्रश्न हुन्छ । 

राजनीतिक दलका नेताहरुलाई विभिन्न कुटनीतिक नियोगका तर्पmबाट उपहार दिने परम्परा बसेको छ । तर कुटनीतिक नियोगका व्यक्तिहरुले नेताहरुलाई उपहार दिनुका कारण के हो ? यो गम्भीर प्रश्न हो । यो वर्ष अमेरिकी दूतावासले  एमसीसी सम्झौताका समर्थकहरुलाई विशेष बजेटको समेत व्यवस्था गरेको चर्चा सुनिएको छ । यसले गर्दा उपहारको सबैभन्दा ठूलो प्रहार यो वर्षको दशैं हुने निश्चित छ । उपहारको नाममा रक्सीको बोतलमा बेचिनेहरुले एमसीसी सम्झौताको पक्षमा बोल्ने र कलम चलाउने पनि गर्लान । उनीहरुले बाहिरि मूलुकको दासत्वमा  बाधिदै गरेको महसुस धेरैपछि मात्रै गर्नेछन् । आगे सबैलाई चेतना भया ! 



Share Your Thoughts