सत्तासीन नेकपाले जनतामा आशा होइन निराशा पैलायो


अगर बत्ती

access_time 28 Jan 2021

                                                                                  सम्पादकीय

सत्तासीन नेकपाले देशमा शासन सञ्चालन गरेको तीन वर्ष पूरा भयो । तीन वर्ष बीचको अनुभवको आधारमा भन्नुपर्दा  कम्युनिष्ट पार्टीप्रति जनतामा निराशा बढेको छ । जुन आकर्षण कम्युनिष्ट पार्टीप्रति चुनाव अघि जनतामा बढेको थियो । अव त्यो आकर्षण स्खलन भएको छ । कम्युनिष्ट पार्टीले जनताको हितमा काम गर्छ भन्ने विश्वास अव जनतामा रहने अवस्था छैन । यसको नराम्रो असर नेपालको कम्युनिष्ट आन्दोलनमा पर्ने निश्चित छ ।     

कम्युनिष्ट शासन पद्धति सबै भन्दा जनपक्षीय र व्यवस्थित शासन प्रणाली  हो भन्ने विश्वास जनतामा अभैm पनि कायम छ । यथार्थमा  एउटा व्यवस्थित प्रणालीमा सञ्चालन हुने पार्टीमा नेता र कार्यकर्ता एक आपसमा परिपुरक जस्तै हुन्छन् । नेतृत्वले सही नीति तय गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने काम कार्यकर्ताबाट हुन्छ । जुन राजनीतिक व्यवस्थाको एउटा महत्वपूर्ण पाटो हो । कम्युनिष्ट पार्टीमा यो पक्ष सबै भन्दा व्यवस्थित हुन्छ भन्ने मान्यता रहेको हुन्छ । तर अनुभवको आधारमा भन्नुपर्दा कम्युनिष्ट शासन पद्धतिको अनुभव गर्नै नपाउने गरी असफल तुल्याउने काम भएको छ ।  

एउटा प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा नेतालाई सही बाटोमा हिडाउँन कार्यकर्ताको निकै ठूलो भूमिका हुन्छ । नेताले अवलम्बन गरेका सही कार्यदिशा र मार्गदर्शनलाई पछ्याउने र कार्यान्वयनमा ल्याउने मात्र नभई कहिलेकाही नेताबाट गलत बाटो अपनाउन खोजेमा सचेत बनाउने र सच्याउने जिम्मा पनि कार्यकर्ता पंक्तिको हुनुपर्छ । कम्युनिष्ट पार्टीमा  यो सबै भन्दा प्रभावकारी ढंगले लागू हुने विश्वास गरिएको हुन्छ । तर हाम्रो देशको कम्युनिष्ट आन्दोलनलाई हेर्ने हो भने सत्तामा पुगेपछि कम्युनिष्ट नेताहरु विलाशी जीवन विताउन तर्पm अग्रसर देखिन्छन् भने कार्यकर्ता पंक्तिले नेताहरुको कार्यशैलीलाई पछ्याउने गरेका पाइन्छन् । 

संसदवादी धारका नेपालका कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता भनेका नोकर र मालिकको जस्तो अवस्था देखिन्छ । जसरी एउटा मजदुरले गलत भएको बुझ्दा बुझ्दै पनि मालिकले गरेको जस्तो सुकै कामलाई पनि राम्रो मान्नुपर्ने बाध्यतामा हुन्छ, त्यस्तै अवस्था नेपालका  कम्युनिष्ट नामधारी पार्टीका कार्यकर्ताहरुमा देखिन्छ । नेताहरुले जस्तासुकै गलत कामहरु गरे पनि त्यसलाई थपडी बजाएर समर्थन जनाउनै पर्ने बाध्यता कार्यकर्ताहरुमा देखिन्छ । नेताहरुको समर्थनमा थपडी नबजाउने कार्यकर्ताहरुले पार्टीको जिम्मेवारी नपाउने अवस्था  नेपालको कम्युनिष्ट आन्दोलनमा देखिन्छ । 

कार्यकर्ताहरूमा एउटा कस्तो भ्रम देखिन्छ भने आफूले समर्थन गर्ने पार्टीको नेतृत्व जतिसुकै भ्रष्ट, दलाल र खराब चरित्रको भएपनि कार्यकर्ताले हनुमानका सेनाले जस्तै त्यसलाई जोगाउनेतर्फ लागेका देखिन्छन् । राजनीतिक दलका कार्यकर्ता नेतृत्वप्रति कतिसम्म बफादार छन् भन्ने कुरा पछिल्लो प्रतिनिधिसभा विघटनको घटनापछि विभाजित भएका सत्तासीन दलका नेता र कार्यकर्ताहरुको अवस्थाले देखाइरहेको छ । अहिले प्रतिनिधिसभा  पुनस्र्थापना वा नयाँ जनादेशका लागि चुनाव भन्ने विवादले नेता र कार्यकर्ता पंक्ति विभाजित देखिएका छन् । न त चुनावले समस्या समाधान गर्ने छ र न प्रतिनिधिसभा पुनस्र्थापनाले नै समस्याको समाधान गर्न सक्नेछ । जनताका समस्यालाई सम्बोधन गर्न संसदवादी राजनीतिक प्रणाली नै असफल भएको सिद्ध भइरहेको छ । यो यथार्थलाई कम्युनिष्ट पार्टीका नेताहरु र कार्यकताहरुले बुझेर पनि बुझ पचाइरहेका छन् । जनतामा उनीहरुले भ्रम देखाइरहेका छन् । 

पछिल्लो पटक राजनीतिक नेतृत्वले मुलुक र जनताका लागि भन्दा पनि व्यक्तिगत स्वार्थबाट प्रेरित भइ मुलुकलाई दीर्घकालसम्म असर पुग्ने किसिमका गतिविधि गर्न पनि पछि परिरहेका छैनन् । यसप्रति कार्यकर्ताबाट कुनै प्रतिवाद वा सचेत गराउने बारे गतिविधि नै देखिएन । सरकारकै कुरा गर्ने हो भने सत्तारुढ नेकपाले सरकारमा गएको तीन वर्ष पुग्दा पनि कुनै उल्लेख्य काम गर्न सकेन । यसको असर जनतामा सत्तारुढ दलप्रति विस्तारै वितृष्णा बढ्दै गएको छ । जनताको तहबाट अभिव्यक्त हुने यस्ता निराशालाई सम्बन्धित दलका कार्यकर्ताहरूले नजिकबाट अबलोकन र महसुस गर्न पाइरहेका हुन्छन् । तर उनीहरूले त्यसबारेमा नेतृत्वलाई जानकारी वा सचेत बनाउने त धेरे परको कुरा हो । गलतलाई गलत भन्दा उल्टै जनतामाथि नै खनिने अवस्था देखिन थालेको छ । विगतमा पञ्चायत र राजसंस्थाको प्रशंसा गर्नुपर्ने जनताको बाध्यता हुन्थ्यो । त्यही बाध्यतालाई अन्त्य गर्न भन्दै जनताको शासन भन्दै गणतन्त्रको स्थापना गरिएपनि नयाँ व्यवस्थामा पुराना राजा महाराजालाई भन्दा बढी चाकडी राजनीतिक नेतृत्वले जनता र कार्यकर्ताबाट अपेक्षा गर्न थालेका छन् । आगे सत्तासीन पार्टीका नेता र कार्यकर्ताहरुलाई चेतना भया !




Share Your Thoughts