चीन–अमेरिका द्वन्दले चर्को रुप लिंदै, नेपाललाई खतरा


अगर बत्ती

access_time 31 Jul 2020

 नेपाली भूमि  अमेरिकाको शैन्य अखडा बन्ने खतरा बलियो भइरहेको अवस्थामा   अमेरिका र चीनबीच तनाव बढिरहेको छ । नेपालमा एमसीसी नामको शैन्य अखडा स्थापना गरेर अमेरिकाले चीन विरुद्ध लडाई लड्ने योजना बनाइरहेको सन्दर्भमा अहिलेको चीन र अमेरिको द्वन्द नेपालका लागि थप सचेत बन्नु पर्ने सन्देश भएको छ । पछिल्लो पटक अमेरिकी कूटनीतिज्ञहरूले चीनको चङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन् । अमेरिकामा रहेको चिनियाँ दूतावास बन्द गर्न अमेरिकाले निर्देशन दिएको केही दिनभित्रै चीनमा रहेको अमेरिकी वाणिज्य दूतावास पनि बन्द गर्न चीन पक्षले आदेश गरेपछि अमेरिकी कूटनीतज्ञहरूले चीन छोडेका हुन् ।

अमेरिकी कदमको प्रतिक्रियास्वरूप चीनले उक्त वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको थियो । चिनियाँ पक्षद्धारा दिइएको  समयसीमाभित्रै अमेरिकी कूटनीतिज्ञहरूले  गत सोमबार बन्दोबस्तीका सामानसहित दूतावास छोडेका छन् । दूतावासबाट सबै सामान निकालिएको छ भने दूतावासमा झुन्ड्याइएको अमेरिकी झन्डासमेत झिकिएको जनाइएको छ ।

यसअघि चीनले आफ्नो बौद्धिक सम्पत्ति चोर्नका लागि अमेरिकामा रहेको वाणिज्य दूतावासको प्रयोग गरिरहेको आरोप लगाउँदै अमेरिकाले चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो । अमेरिकाको यो कदमको प्रतिवाद स्वरुप चीनले पनि त्यस्तै किसिमको आदेश दिएको थियो तर आदेशमा कुनै आरोप लगाइएको थिएन । यसलाई पनि चीनले कुटनीतिक रुपमा आफ्नो शालीनता प्रदर्शन गरेको रुपमा विश्लेषकहरुले लिएका छन् ।

चीनसँगको व्यापार तथा कोरोना भाइरस महामारीसम्बन्धी सुरक्षा कानुनको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रँदो अवस्थामा छ । पछिल्लो समय शक्ति सम्पन्न राष्ट्र अमेरिका र चीनबीचको शीतयुद्ध खतरापूर्ण बन्दै गएको छ । चीन र अमेरिकाको शक्ति राष्ट्र बन्ने प्रतिस्पर्धाले तेस्रो विश्व युद्धको सम्भावना बढेर गएको छ । 

चीनले गरिरहेको आर्थिक विकास र पर्यावरणीय क्षेत्रमा विश्वव्यापी रुपमा प्रभाव जमाउन सफलता हासिल गरिरहेको सन्दर्भले अमेरिकालाई एक्लो बन्ने चिन्ता लागेको छ । यही चिन्ताबाट ग्रस्त भएर अमेरिकाले चीन विरुद्ध विभिन्न खालका आरोप प्रत्यारोपहरु गर्दै चीनलाई युद्धमा भड्काउने दुस्प्रयास गरिरहेको छ । चीनले भने आफ्नो कुटनीतिक शालिनतालाई निरन्तरता दिदै आइरहेको छ । 

सन् २०१९ को अन्तिमतिर चीनको एउटा शहरमा देखिएको कोभिड १९, कोरोना भाइरसको संक्रमणले चीनलाई निकै चिन्तित बनायो । सो संक्रमणबाट बच्न चीनले अपनाएको प्रविधिले  विश्वलाई नै चकित बनाएको थियो । तर अमेरिकाले चीनले अपनाएको प्रविधितर्पm  ध्यान नदिएर कोरोनाको प्रकोपलाई पैmलाउने मूर्खतापूर्ण काम ग¥यो । अमेरिकामा अभैm पनि कोरोनाको संक्रमण भइरहेको छ भने यो संक्रमणको शुरुवात भएको चीनमा लगभग नियन्त्रणमा आइसकेको छ । विश्वलाई आतंकित बनाएको कोरोनाको विकास चीनमा भएको भन्दै अमेरिकाले दुस्प्रचार गरिरह्यो । तर चीनले आफ्नो देशमा कोरोनालाई फैलिन दिएन । यो भाइरसको विकास कसरी भएको हो भन्ने जानकारी पाउनासाथ यसको उपचारको प्रविधिमा पुग्न पनि वैज्ञानिकहरुलाई कठिन हुँदैन । तर अमेरिकाले चीनलाई एकतर्फी रुपमा कोरोनाको उत्पादक देश भन्दै बदनाम गर्ने काम गरिरह्यो । 

विश्वमा पर्यावरण सन्तुलन र व्यापारिक मार्ग जोड्ने अभियानमा चीनले अमेरिकालाई उछिनेको छ । चीनको यो सकारात्मक अभियानमा विश्वका धेरै देशहरु समेटिएका छन् । तर अमेरिकाले चीनको यो अभियानलाई अवरोध पु¥याउनका लागि युद्धको वातावरण बनाइरहेको छ । यसै अभियान अन्तर्गत नेपालमा शैन्य अखडा निर्माण गर्ने अमेरिकाको योजनामा नेपालमा फस्ने सम्भावना पनि बलियो बन्दै गइरहेको छ । नेपाललाई अमेरिकाको युद्ध थोपर्ने चाहनाबाट  कसरी बचाउने भन्ने बारे नेपालको राजनीतिक दलहरुले समयमै बुद्धि पु¥याएन भने नेपाली जनताले दुर्भाग्यपूर्ण परिणाम भोग्नु पर्ने अवस्था आउने निश्चत छ । आगे नेपालका राजनीतिक दलहरुलाई चेतना भया !   




Share Your Thoughts