पेरुको च्यान च्यान सहरमा प्राचीन सामूहिक चिहान फेला


अगर बत्ती

Dharana    

access_time 18 Nov 2021

एजेन्सी । पुरातत्वविद्हरुले पेरुको च्यान च्यान सहरमा प्राचीन समयको सामूहिक चिहान फेला पारेका छन्। उनीहरुले प्राचीन चिमु साम्राज्यको राजधानी च्यान च्यानमा सामूहिक चिहान फेला पारेका हुन्।   

चिमुले १५ औं शताब्दीमा च्यान च्यान सहरमा शासन चलाएको थियो। चिमुहरुलाई इनकासले हराएको थियो। सोही समयमा गाडिएको सामूहिक चिहान भेटिएको पुरातत्वविद्हरुले बताएका छन्। 

ती सामूहिक चिहान चिमुहरुको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन्। सो समयमा चिमुहरुले कलिला बालबालिका र युवापुस्ताको मानव बलि चढाउने हुँदा उनीहरुको हुन सक्ने अनुमान गरेका छन्।

पुरातत्वविद् सिन्थया क्वेभाले रोयटर्ससँग बताएअनुसार सामूहिक चिहानमा मानिसका कंकालहरु मात्र फेला परेका छन्। अधिकांश कंकालहरु ३० वर्षभन्दा कम उमेरका महिलाका छन्। सो चिहानमा ५० भन्दा बढी मानिस गाडिएको अनुमान उनीहरुले गरेका छन्।



Share Your Thoughts