सुन र चाँदीको मूल्यमा गिरावट


अगर बत्ती

Dharana    

access_time 26 Jul 2022

   काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ४ सय र तेजावी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँ थियो ।



Share Your Thoughts