कांग्रेस नेता कोइरालाको पेट्रोलियम पदार्थमा कर हटाउन सुझाव


अगर बत्ती

Dharana    

access_time 24 Jun 2022

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । 

उनले ट्वीट मार्फत प्रतिलिटर २६.६२ रुपैयाँ अन्तराष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गर्नुपर्ने सुझाव उनले दिएका हुन्।   

जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म कायम राख्नुपर्ने उनको भनाइ छ । 

उनले भन्सार र प्रज्ञापन शूल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् ।   

कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ र भन्सार र प्रज्ञापन शुल्क २५.२३ रुपैयाँ को आधा १२.६२ गरी जम्मा २६.६२ रुपैयाँ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदा सम्म नलिने निर्णय गरोस।’



Share Your Thoughts