सुनको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट


अगर बत्ती

Dharana    

access_time 30 Dec 2021

काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट भएको छ । आज बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि ओरालो लाग्दा प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो तीन दिनमा सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको छ । सुनको मूल्य मंगलबार यता लगातार ओरालो लागिरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ए हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउ स्थिर रहेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो ।



Share Your Thoughts