होटल, ट्राभल, हवाई सेवालाई हर्जाना ब्याज नलाग्ने



Dharana    

access_time 10 Sep 2021

काठमाडौँ /  बैंक तथा वित्तीय संस्थाले कोभिडबाट अति प्रभावित होटल, ट्राभल कम्पनी र हवाई सेवालाई पुँजीकरण र हर्जाना ब्याज लगाउन नपाउने भएका छन् ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा होटल, ट्राभल, हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको असर मूल्यांकन गरी २०७९ असारसम्म भुक्तान गर्नुपर्ने साँवाब्याजको दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्षसम्म कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

यस्तो ब्याज पुँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनुपर्नेछ ।

अब बैंक तथा वित्तीय संस्थाले ९० दिनको मात्र ट्रस्ट रिसिप्ट कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्नुपर्नेछ । यसअघि यस्तो कर्जा अधिकतम १२० दिनसम्मको अवधिका लागि मात्र कर्जा प्रवाह गर्न पाइने व्यवस्था थियो ।




Share Your Thoughts