सुनको मूल्य ९० हजार ६०० रुपैयाँमा घट्याे



Dharana    

access_time 09 Sep 2021

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ९० हजार ६०० रुपैयाँमा घट्याे ।   बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै सस्तिँदै ९० हजार एक सय रुपैयाँ कायम भएको छ ।   

चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले सस्तिँदै बिहीबार एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।



Share Your Thoughts