फेरि अर्को बैक बिनोद चौधरीको निसानामा !



Dharana    

access_time 10 Jun 2021

काठमाण्डौ / बिदेशी नागरिकको आवरणमा आफ्नै छोरालाई  नबिल बैंकको संचालक बनाउन सफल भएका  नेपालका अर्वपति बिनोद चौधरीले  मर्जरको नाममा कौडीको भाउमा  एनसीसी बैंकलाई नविल बैंकको कब्जामा लिन चलखेल गरिरहेको बिषय नेपाल धितोपत्र बोर्डमा उजुरी परेको भए पनि नेपाल बंगलादेश (एनबी) बैंकलाई पनि नबिल बैकको कब्जामा पार्ने रणनीति बनाएको खुलासा भएको छ । नबिल बैंकमा बिनोदका छोरा संचालकमा छन् भने एनसीसी बैंक र एनबी बैकमा बिनोदले श्रीमति सारिका चौधरीलाई प्रबेश गराएर दुबैतिरका गोप्य सूचना प्राप्त गरी दुबै बैंक कब्जा गर्ने  योजना बनाएको चर्चाले एनसीसी र एनबी बैकका शेयर धनीहरु आतंकित बनेका छन् । 

एकातिर बैंक हडप्ने योजनालाई अगाडि बढाउंदै गर्दा बैंक मर्ज गर्ने नाम मै अरबौं रुपैयाँ कमाउने खेल समेत खेली धितोपत्र ऐन, २०६३ को दफा ९१ तथा धितोपत्र बोर्डबाट जारी निर्देशिका २०७४ को दफा २, १३ र १४ विपरित हुने गरी शेयरको भित्री कारोवार गरेको भन्दै पीडित शेयरधनीका तर्फबाट धितोपत्र बोर्डमा उजुरी परेर अनुशन्धान थालिएको बुझिएको छ ।

नविल बैंकले उल्लेखित २ वटा बैंकलाई मर्ज गराउने भित्री योजना नविल बैंकको संचालक समितिले बनाएपछि उक्त भित्री सूचनाको आधारमा विनोद चौधरीकै श्रीमती सारिका चौधरीले करिब १० लाख कित्ता एनसीसी बैंकको शेयर बजारबाट खरीद गरेको खुलासा भएको छ । श्रीमती चौधरीले शेयर खरीद गरेपछि मर्ज हुने कुराका आधारमा बजारमा एनसीसी बैंकको भाउमा अस्वभाविक बृद्धि हुन पुगेको शेयरधनीहरुको उजुरीमा उल्लेख छ । 

धितोपत्र बोर्डमा उजुरी परेपछि धितोपत्र बोर्डबाट नविल बैंक र एनसीसी बैंकलाई सोधनी हुनुका साथै प्रेस विज्ञाप्ति समेत जारी गरेपछि नविल बैंकले त्यस्तो केहि ठोस निर्णय भईनसकेको भनी धितोपत्र बोर्डलाई जानकारी गराएको थाहा भएको छ । तर भित्री रुपमा भने मर्ज गराउने कार्य जारी नै रहेको स्रोतहरुले जनाएका छन् । 

त्यसरी बोर्डलाई ढाँटी केही निर्णय भैनसकेको भनी जानकारी गराएपछि बजारमा शेयरको भाउमा फेरी गिरावट आएको र यो गिरावटको मौकालाई समेत अवसर मानी चौधरीले बजारबाट थप शेयर खरीद गरेको बैंक स्रोतले जनायो  । ठूलो परिमाणमा शेयर खरीद गरिसकेपछि पुनः मर्जरको कार्यलाई अगाडि बढाउने प्रयास गर्न सुरु गरेको र सोबाट शेयरको भाउमा फेरी बृद्धि हुन थालेपछि शेयर बजारमा समेत अर्बपतिको चर्चा ब्यापक नै बन्यो ।


स्रोतका अनुसार त्यही एनसीसी बैंकको शेयर खरीद गर्नका लागि मर्ज गर्ने भनिएकै अर्को बैंक नेपाल बंगलादेश बैंक लि.बाट चौधरीले रु.६० करोडको कर्जा लिएको पाइएको छ । यसरी मर्ज गराई लिन खोजिएका २ वटा बैंक मध्ये एउटा बैंकको शेयर खरीद गर्ने र त्यही शेयर खरीद गर्न अर्को बैंकबाट ऋण सुविधा लिने कार्य गम्भिर रुपमा भित्री कारोवार एवं आर्थिक अनुशासनहिनताको विषय हुनुका साथै धितोपत्र ऐन विपरित समेत भएको शेयरधनीले जनाएका छन् ।

 यसरी साना लगानीकर्ताहरुलाई झुक्याएर  भित्री सूचनाका आधारमा शेयरको भाउ कहिले माथि कहिले तल गर्दै धितोपत्र ऐन विपरित शेयरको भित्री कारोवार गर्नु कानूनी रुपमै त्रुटिपूर्ण कार्य हो ।

नविल बैंकमा ठूलो आर्थिक स्वार्थ जोडिएको मुख्य संस्थापक विनोद चौधरीका छोरा स्वयं उक्त बैंकको संचालक समितिमा रहेको अवस्थामा संचालककै आमाले ठूलो मात्रामा शेयरको कारोवार गरिसकेपछि यस्तो अवस्थामा  एनसीसी र एनबी बैंकलाई नविल बैंकले मर्ज गर्न मिल्ने कि नमिल्ने ? यसमा धितोपत्र बोर्डको गम्भिर ध्यानाकर्षण भएको बोर्ड स्रोतले जनाएको छ  ।



Share Your Thoughts