पेट्रोलियम पदार्थको सहज आपूर्ति



Dharana    

access_time 01 May 2021

काठमाडौँ/कोरोना  महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले  जनाएको  छ । पेट्रोलियम  पदार्थको खरिद  तथा  बिक्री  वितरणमा  कुनै  समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए ।

माग अनुसारको  सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ । निषेधाज्ञापछि   पेट्रोलियम   पदार्थको   माग घटेको   छ ।   प्रवक्ता   उपाध्यायले   भने, “यातायातका  साधन  र  बजार  ठप्प  भएपछि पेट्रोलियम  पदार्थको  माग  घट्नु  स्वाभाविक  हो तर  कतिले  घट्यो  भन्ने  कुरा  हामी  एक  हप्तामा निकाल्छौँ । अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित  गरेका  छैनौँ,  पेट्रोलियम  पदार्थको  सहज आपूर्ति छ ।”

उनका अनुसार निगमले भारतबाट सहज आपूर्ति  गरिरहेको  छ  भने  नेपालको  आन्तरिक बजारमा  पनि  सहज आपूर्ति गरिरहेको  छ । स्वास्थ्य  मापदण्ड  अपनाएर  डिपोहरू  सञ्चालन गरिरहेको छ । कर्मचारीलाई  वैकल्पिक रूपमा काममा  लगाइएको  छ । निगमका सबै कारोवार खुला  रहेको उपाध्यायले  जानकारी  दिए ।  पेट्रोलपम्प पनि खुला राखिएको निगमले जनाएको छ ।-गोरखापत्र दैनिक



Share Your Thoughts