काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ ल्हामु गाउँपालिका(३, फाकदिङका २४ जना महिला ट्रेकिङ उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ। आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा बैंकले महिला उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो।
सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत महिला ट्रेकिङ उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिएको बैंकले जनाएको छ। बुधबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
कोभिड –१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट विमुख हुन पुगेका महिला उद्यमीहरुलाई ट्रेकिङका व्यवसायलाई पुनः संचालन गर्न कर्जाले सहयोग गर्ने विश्वास बैंकले लिएको छ।
Share Your Thoughts