सुन प्रतितोला ६ सय रुपैयाँले बढयाे



Dharana    

access_time 12 Jan 2021

 काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । 

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलाका ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, तेजाबी सुनको मुल्य ९२ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । चाँदीको मुल्य मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



Share Your Thoughts