आइएमई लाइफको ब्रान्ड एम्बेसेडरमा मनिषा



Dharana    

access_time 11 Jan 2021

 काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन्। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले समझौतापत्रमा हस्ताक्षर गरेका छन्।     

 नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरी देशभर छरिएर रहेको पुँजीलाई एकिकृत गरी राष्ट्र निर्माणमा टेवा पुयाउने अवधारण बोकेको आइएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुशी रहेको कोइरालाले बताइन्।  कार्यक्रममा कोइरालाले कम्पनीको प्रगतिमा आफुले उत्कृष्ट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।       

कोइरालासँगको सहकार्य घोषणा गर्दै आइएमई लाइफका सिइओ कवि फुयाँलले कोइरालासँग सहकार्य गर्न पाउँदा धेरै उत्साहित भएको प्रतिक्रिया दिए। उनले भने, 'दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो।' 

  देशभरका जनताहरूमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्रान्ड निर्माण गर्न र ग्राहकको विश्वास लिन सहयोग पुयाउने कम्पनीले जनाएको छ।      यो सम्झौता पुस २४ गतेबाट लागू हुने गरी हस्ताक्षर गरिएको फुयाँलले जानकारी दिए। त्यसैगरी डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट 'आइएमई साथ बुट' नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरी निर्माण गरिएको च्याटबुट प्रणालीको औपचारिक रुपमा संचालनमा ल्याएको कवि फुयाँलले जानकारी दिए।



Share Your Thoughts