सिटिजन्स बैंकले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार’ योजना ल्यायाे


अगर बत्ती

Dharana    

access_time 14 Nov 2020

काठमाडौं-सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा रु १०० क्यासब्याक प्राप्त गर्नेछन् । 

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्म तिन पटक गरी रु २,००० भन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने “ सिटिजन्स तिहार” भनी खुलाउनपर्ने छ । 

तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ । 

Prabhu bank

Share Your Thoughts