सिटी एक्सप्रेसलाई इन्भेष्टमेण्ट बैंकले प्राप्ती गर्ने


अगर बत्ती

Dharana    

access_time 14 Oct 2020

काठमाडौं  - नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । असोज २८ गते बसेको बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । 

यससँगै बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० को स्वाप अनुपातमा प्राप्ति गर्ने भएको छ । अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर बापत इन्भेष्टमेण्ट बैंकको ३० कित्ता सेयर पाइने भएको छ ।   “ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्सको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेको चुक्ता पूँजी  १४ अर्ब  ३७ करोड रुपैया हुनेछ र प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुने बैंकले जनाएको छ ।   

इन्भेष्टमेण्ट बैंकले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।

Prabhu bank

Share Your Thoughts