बढ्यो सुनचाँदीको मूल्य


अगर बत्ती

Dharana    

access_time 15 Aug 2022

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. पाँच सयले बढेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार आठ सय थियो ।   

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. २५ ले बढेर रु. एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।



Share Your Thoughts