काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा एक हजार २५५ रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय र तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।