कारोबारको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द


अगर बत्ती

Dharana    

access_time 25 Nov 2021

काठमाडौं ।  साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) शेयर बजार सामान्य घटेर बन्द भएको छ। बिहीबार शेयर बजार परिसूचक (नेप्से) ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा पुगेको छ।     

अघिल्लो दिन (बुधबार) भने नेप्से सामान्य अंकले बढेको थियो।   बिहीबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्बभन्दा माथि कारोबार भएको शेयर बजारमा बिहीबार ३ अर्ब ७६ करोड ९७ लाख रुपैयाँको मात्र कारोबार भयो। बिहीबार २३३ कम्पनीको ७४ लाख ६८ हजार ५७५ कित्ता शेयर किनबेच भएका छन्।     

बिहीबार कारोबारमा आएका तीन समूह बाहेक सबै समूहको शेयरमूल्य आरालो लागेको छ।   बिहीबार सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा धेरै अन्य कम्पनी समूहको लगानीकर्ताले कमाएका छन्। बिहीबार सबै भन्दा धेरै समृद्धि फाइनान्स कम्पनीका लगानीतर्काले कमाएका छन्। समृद्धि फाइनान्स कम्पनीको  शेयरमूल्य बिहीबार ९.२७ अंकले बढेको छ।     

बिहीबार सबैभन्दा धेरै मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। यो कम्पनीको शेयरमूल्य बिहीबार ६.९३ प्रतिशतले घटेको छ।   बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा बढी २६ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। शेयर खरिदबिक्रीका हिसाबले महालक्ष्मी विकास बैंक दोस्रो र सिभिल बैंक तेस्रो स्थानमा रहे। 



Share Your Thoughts