आज सुनचाँदीको मुल्यमा उच्च अंकको गिरावट


अगर बत्ती

Dharana    

access_time 23 Nov 2021

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा उच्च अंकको गिरावट आएको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्यमा आज १६ सयले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



Share Your Thoughts