सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घट्याे



Dharana    

access_time 16 Sep 2021

काठमाडौं  ।  बिहीबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९० हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९० हजार रुपैयाँ निर्धारण भएको छ ।   

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।  



Share Your Thoughts