बजारमा सुनको मूल्य घट्याे



Dharana    

access_time 04 Aug 2021

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ। स्थानीय बजारमा मंगलवार स्थिर रहेको सुनको मूल्य बुधवार तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।       

 बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।       

आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।   बुधवार चाँदीको मूल्य भने बढेको छ। मंगलवार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 



Share Your Thoughts