सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्याे



Dharana    

access_time 01 Aug 2021

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।       

आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।     

यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।  आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।



Share Your Thoughts