‘नागरिकता अध्यादेशले देशलाई फिजीकरणको बाटोमा धकेल्यो ‘- धर्मेन्द्र बास्तोला



Dharana    

access_time 29 May 2021

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एबम अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ले देशलाई अनिष्ठको ठुलो भूमरीमा धकेलेको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) द्वारा शुक्रबार आयोजित ‘राष्ट्रियता र नागरिकता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले नागरिकता अध्यादेशले देशलाई फिजीकरणको बाटोमा धकेलेको बताउदै नागरिकता सम्बन्धि कड़ा नीति अपनाउने गरी यो सम्बिधानको ठाऊँमा जनवादी सम्बिधान किन नलेख्ने ? भन्ने प्रश्न उठाए । नेता बास्तोलाले सरकारको यस्ता राष्ट्रघाती कदमले राजनीतिक प्रणालीसहित हरेक बिषयमा नेपाली जनताले फैसला गर्ने जनमत संग्रहको शुनिश्चितता आवस्यक भएको ठोकुवा गर्दै त्यस प्रकारको उच्चतम जनवादका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न सबै एकजुट हुनुपर्ने बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारी,बरिस्ठ अधिवक्ता तथा नागरिकताका विज्ञ चन्द्रकान्त ज्ञवालीलगायत बिभिन्न बिद्यार्थी संगठनका नेताहरुले आ- आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) द्वारा आयोजित ‘राष्ट्रियता र नागरिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले राखेको साझा निश्कर्षहरू यस प्रकार रहेका छन –

१.राष्ट्रीयताको विषय सन१८१६ को सुगौली संधी यता निरन्तर छिमेकीको हस्तक्षेपमा पर्दै आई रहेकोमा अहिले सत्ता जोगाउन सरोकारवाला संगको छलफल विना नै जनताको प्रतिनिधी संस्था विगठन पछि अध्यादेश मार्फत ल्याईनु सत्ता संकट टार्ने औजार मात्र नभएर मालिक रिझाउने कुटिल चाल हो जसले गंम्भिर राष्ट्रघात निम्त्याउछ।

२.छुटेका सबै नेपाली नागरिकहरूको नागरिकता प्राप्त गर्नु नैसर्गिक अधिकार हुदाहुदै पनि सबै राजनैतिक परिवर्तन पछि यो विषयलाई यसरी राजनीतिकरण गरिनु र त्यसमा पनि अंगीक्रीत नागरिकहरूको मात्र कुरा उठाईनुले राजनैतिक षड्यन्त्र प्रष्ट देखिन्छ।

३.नागरिकताको विषय हाम्रो साझा समस्या हो र यसको समाधान पनि साझा तरिकाले कोही नछुट्ने र विदेशीहरूले नपाउने गरि समाधान गरिनु पर्दछ,जसमा सरोकारवाला,विज्ञ र राष्ट्रीय सहमति जरूरी छ।

४.राष्ट्रीयता र नागरिकता संधै विवादित बन्नु व्यवस्थाको असफलता भएकाले यसको समाधान पात्र र प्रवृतिमा खोजिनु विवादको निरन्तरता मात्र भएकाले यसलाई छिनाफानो गर्न व्यवस्था (पुजिवाद कि वैज्ञानिक समाजवाद)बारे जनमतमा जानु दिगो समाधान हो।

५.असंवैधानिक तरिकाले अध्यादेश ल्याईनु मुलुक लाई फिजिकरणको बाटोमा धकेल्नु हो।

६.देश भित्रका सबै राष्ट्रीयताले नागरिकता पाउनु पर्दछ र नागरिकहरूको स्वार्थ राष्ट्रहित विरूद्ध हुनु प्रयोग हुनु हुदैन।

७.राज्यको नागरिकता परराष्ट्र संबन्धी निती एउटै हुनु पर्दछ यो सरकार पिच्छे फेरबदल हुने हुनु हुदैन।

८.संधी मार्फत शासकहरूले सत्ता स्वार्थका लागी ब्रिटिश गोर्खा माथी गरेको चरम विभेदले नेपाली राष्ट्रीयता मात्र विभाजित भएको छैन यसले उनीहरू लाई राजनैतिक,सांस्कृतिक र आर्थिक अधिकारहरू बाट बन्चित गर्दा ब्रिटिश गोर्खाहरूको अस्थीत्व संकटमा मात्र पारेको छैन यसले नेपाललाई अझै पनि भाडाका सिपाही जन्माउने देशको रूपमा चित्रित गरेको छ, जुन सम्पूर्ण नेपालीहरूको लागी राष्ट्रीय लज्जा साथै देश भित्र एउटा जाति समुदाय माथीको अपमान पनि हो त्यसैले राष्ट्रसंग जोडिएका यस खाले सबै संधीसंझाताहरू खारेज गरिनु पर्दछ।

९.माथीका यी सबै समस्याहरू र विकल्पहरूलाई कार्यान्वय देशभक्त नागरिक,प्रगतिशील र वामपन्थीहरूको नेतृत्वमा संयुक्त सरकार बनाईनु पर्दछ,जसले यो महामारीमा

क.सबैलाई कोरोना भ्याक्सीन सुनिश्चित गर्नु पर्दछ।

ख. स्वास्थ मापदण्डको ख्याल गर्दै कोरोना परिक्षण जनचेतना र नियन्त्रणमा ध्यान दिन स्वयम् सेवकहरू परिचालन गर्नु पर्दछ।

ग.जनताको जनजिवीका लाई सहज बनाउन राहत क्षेतीपुर्ति र रोजगारीको अवसर सृजना गर्नु पर्दछ।

घ.प्रगतिशिल बिकल्पका लागी जनमत बनाउन ध्यान दिनु पर्दछ।

ङ.बैज्ञानिक शिक्षा लागु गर्नु पर्दछ जसले यस्ता महामारी बारे बैज्ञानिक निर्णय गर्न सकोस् ।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) द्वारा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रहेका थिए भने अतिथिमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी,बरिस्ठ अधिवक्ता तथा नागरिकताका विज्ञ चन्द्रकान्त ज्ञवालीलगायत बिभिन्न बिद्यार्थी संगठनका नेताहरुको सहभागिता रहेको थियो।

अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सो संगठनका केन्द्रीय महासचिव प्रकाश शाहीले गरेका थिए भने स्वागत मन्तव्य संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले राखेका थिए ।



Share Your Thoughts