काठमाडौं उपत्यकामा थपिए दुई हजार बढी संक्रमित



Dharana    

access_time 28 May 2021

काठमाडौं/काठमाडौं उपत्यकामा शुक्रबार दुई हजार तीन सय २४ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका १ हजार ७ सय ९६, ललितपुरका तीन सय १५ जना र भक्तपुरका दुई सय १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै काठमाडौंमा १६ हजार पाँच सय ६७ सक्रिय संक्रमित छन् भने,अहिलेसम्म १५ सय ६८ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यस्तै,भक्तपुरमा अहिले चार हजार ६ सय ५७ जना सक्रिय संक्रमित संख्या छ भने, तीन सय १२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। 

ललितपुरमा सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ४१ छ। हालसम्म चार सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।   



Share Your Thoughts