भारतमा ‘ब्ल्याक फंगस’का करिब नौ हजार बिरामी



Dharana    

access_time 23 May 2021

काठमाडौं/भारतमा ‘ब्ल्याक फंगस’का आठ हजार आठ सयभन्दा बढी बिरामी दर्ता गरिएको छ । भारतको गुजरात र महाराष्ट्रमा मात्रै कुल सङ्क्रमितको आधा छन् । अन्य १५ वटा राज्यमा करिब आठ सयदेखि नौ सयसम्म ‘ब्ल्याक फंगस’का बिरामीको दर्ता गरिएको छ । बिरामीको संख्यामा बृद्धि भएपछि २९ राज्यलाई प्रकोपको रुपमा घोषणा गर्न बिरामीको तथ्याङ्क सूचीकृत गर्न केन्द्रले निर्देशन दिइसकेको छ ।

अत्यन्तै थोरै सङ्क्रमणको जोखिम रहेको ‘ब्ल्याक फंगस’बाट हुने मृत्युदर ५० प्रतिशत हो । केहीको आँखा झिकेपछि बचाउन सकिने सम्भावना बढी हुन्छ । ‘ब्ल्याक फंगस’को सङ्क्रमणलाई चिकित्सकीय विज्ञानमा ‘म्युकोरमाइसिस’ भनिन्छ ।

भारतमा पछिल्लो महिना यता कोभिड १९ बाट निको भइरहेका र निको भएका बिरामीमा ‘ब्ल्याक फंगस’को सङ्क्रमण फेला पर्न थालेको छ । चिकित्सकहरुले भने कोरोना विरुद्ध प्रयोग गरिने औषधी९स्टेरोयड० र ‘ब्ल्याक फंगस’बीच सम्बन्ध रहेको दाबी गर्दै आएका छन् ।कोरोनाबाट निको भएको १२ देखि १८ दिनभित्र म्युकोरमाइसिस लाग्ने गरेको छ ।



Share Your Thoughts