पेट्रोलियम पदार्थको मूल्य भारतमा बढ्यो, नेपालमा पनि बढ्न सक्ने



Dharana    

access_time 05 May 2021

काठमाडौं/भारतमा पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ। भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ९० रुपियाँ ७४ पैसा  कायम भएको छ भने डिजेलको मूल्य भारु ८१ रुपियाँ १२ पैसा रहेको छ। भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए। मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो।

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले एकबर्ष यता पेट्रोलमा प्रतिलिटर भारु २१ रुपैयाँ ५८ पैसा र डिजेलमा भारु १९ रुपैयाँ १८ पैसा वृद्धि गरेका छन्।

नेपाल आयल निगमले भारतीय आयल निगमसँग कारोबार गर्ने भएकोले त्यसको असर नेपालमा पनि देखिनसक्ने अनुमान गरिएको छ। यसअघि नेपाल आयल निगमका अधिकारीहरुले मूल्यवृद्धिले पेट्रोलको मात्र एक सय चालीससम्म पुग्न सक्ने जनाइसकेका छन्।



Share Your Thoughts