कारोबारको पहिलो दिनमै ज्योति लाइफकाे खरिदकर्तामा उच्च



Dharana    

access_time 07 Apr 2021

काठमाडौं-   नेप्सेमा कारोबारमा  आएको ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा खरिदकर्ताको उच्च चाप देखिएको छ। कारोबार खुलेको पहिलो दिन बुधबार कम्पनीको शेयर खरिदको लागि अडर्र राख्नेको चाप उच्च देखिएको हो। 

अहिलेसम्म २० लाख २५ हजार ७६४ कित्ता शेयर माग गर्दै खरिदको लागि अडर्र राखिएको छ। तर बिक्रीकर्ता भने शुन्य रहेको छ।  बुधबार कम्पनीको पहिलो कारोबार ३६० रुपैयाँमा कारोबार खुलेको छ।

अहिले कम्पनको शेयरमूल्य ५.८३  प्रतिशत अर्थात २१ रूपैयाँले बढेर प्रतिकित्ता ३८१ रुपैयाँमा कारोबार भएको छ।



Share Your Thoughts