देशमै प्रथमपटक 'मिस कर्पोरेट नेपाल' आयोजना हुने



Dharana    

access_time 06 Apr 2021

काठमाडाैं- नेपालमा प्रथमपटक कर्पोरेट संस्थानमा काम गर्ने महिलाका लागि सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ।         'मिस कर्पोरेट नेपाल' नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्। त्यस्तै भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। 

असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयाेजकले जानकारी दिनुभयाे ।



Share Your Thoughts