साताकाे तेस्राे दिन शेयर बजार परिसूचक नेप्से नयाँ उचाई कायम



Dharana    

access_time 06 Apr 2021

काठमाडौं । साताकाे तेस्राे दिन मंगलबार शेयर बजार परिसूचक नेप्सले नयाँ उचाई कायम गरेको छ । नेप्से सूचकको वृद्धिसँगै खरिदबिक्री रकमले पनि उचाईं लिंदै गएको छ । यी परिदृश्यहरुले बजारको आगामी गति थप सकारात्मक हुने देखिएको छ । 

नेप्से सूचक १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा पुगेको  हालसम्मकै उच्च विन्दु हो ।  खरिदबिक्री रकम पनि ७ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यी दुवै अवस्थाले बजारको सकारातमक भविष्यको संकेत गरिरहेको देखिन्छ । १४ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।

बजार सुधार हुँदै जाँदा हाइड्रोपावर समूहमा विशेष आकर्षण देखिएको छ । मंगलबार यस समूहका अधिकांश कम्पनीहरुको भाउ वृद्धि भएको छ ।   यस्तै, उत्पादनमूलक, माइक्रोफाइनान्स, होटेल तथा पर्यटन, विकास बैंक समूहहरुमा पनि तेजी आएको छ । यद्यपी बाणिज्य बैंक समूह भने अझै जुर्मराएको छैन ।  मंगलबार बजार खुलेको सुरुवाती चरणदेखि नै केही सुस्त देखिएतापनि पछि पुनः क्रेताहरु नै हावी देखिएका थिए ।

चैत मसान्त आउनै लाग्दा तेश्रो तैमासको ब्याज, कर दाखिला लगायतका खर्चहरु लगानीकर्ताहरुले जोहो गर्नु पर्ने हुन्छ । जस्को कारण विक्रीमा प्रेशर आउने भएतापनि बजारमा उत्साह जारी नै देखिएकोले बैंशाख लागेसँगै थप उचाइ चुम्ने आंकलन भएको हाे । 



Share Your Thoughts